नेपाल न्युज प्वाइन्ट डटकम
श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । 

आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो । समितिकी सभापति ईश्वरी न्यौपानेले नेपालीको नाम अनुमोदन भएको जानकारी दिइन् ।

मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update