नेपाल न्युज प्वाइन्ट डटकम
एलपी ग्यास उद्योग एकापसमा गाभ्ने निगमको तयारी

काठमाडौँ : नेपाल आयल निगमले एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र सहज बनाउन ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार उपभोक्ता हित प्रवर्द्धन तथा ग्यासको बिक्री वितरण प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिइएको हो ।

यसका लागि निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणको कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । निगमले उद्योगहरूबीच एकीकरणको प्रक्रिया अघि बढाएर ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update