सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ ।
अरुण र दूधकोशीको संगम क्षेत्रनजिकै भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
प्रारम्भिक जानकारीअनुसार जेटबोटमा चालकसहित १४ जना सवार थिए । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको जेटबोटको इन्जिन अचानक बन्द भएपछि नदीको बहावले बोटलाई किनारतर्फ धकेलेको बताइएको छ । त्यसक्रममा जेटबोट पहाडमा ठोक्किएर पल्टिएको प्रारम्भिक जानकारी आएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएको बताइएको छ ।
कोप्चे–बराहक्षेत्र जलयात्रा सेवा दसैँमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरी केही दिनअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३ १६:३०
प्रतिक्रिया दिनुहोस्



