नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि अदालतले १२ दिनकै म्याद थपेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update