नेपाल न्युज प्वाइन्ट डटकम
मदन पुरस्कार–२०८१ का लागि आवेदन माग

काठमाडौंः ‘मदन पुरस्कार–२०८१’ का लागि आवेदन माग गरिएको छ । बिहीबार एक सूचना जारी गर्दै मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको हो ।

गुठीले २०८१ साल (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५) भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।

उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकले आफ्नो पुस्तककाे चार प्रतिसहित २०८२ वैशाख १५ भित्र पुरस्कारका लागि आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update