नेपाल न्युज प्वाइन्ट डटकम
त्रिभुवन विमानस्थलबाट करिब ४ किलो सुनसहित ४ जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । 

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका ४ जना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु उज्बेकिस्तानका नागरिक हुन् ।

उनीहरू विमानस्थलको भन्सारबाट सशस्त्र प्रहरी र कर्मचारीको जाँचपास भइसकेका थिए । तर नेपाल प्रहरीलाई शंका लागेपछि चेकिङ गर्दा उनीहरू टर्मिनल गेटबाट पक्राउ परेका हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update