नेपाल न्युज प्वाइन्ट डटकम
ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी

ललितपुर : ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ । 

आइतबार बिहान ललितपुरको सिभिल होम्सस्थित एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update