नेपाल न्युज प्वाइन्ट डटकम
एमाले सांसद शर्माविरुद्ध मुद्दा नचलाएपछि बोले बालेन- सरी नानु, समय आउँछ, नआत्तिनू

काठमाडौं : नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा विरुद्ध सरकारी मुद्दा नचलाउने निर्णय भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बनेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ माघ १ गते सांसद रेखा शर्माविरुद्ध दास बनाउन नहुने सम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो । 

लुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएको भनी उजुरी परेको थियो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार तिनै घरेलु कामदारका रूपमा राखिएकी बालिकालाई सम्बोधन गर्दै उनीसँग माफी मागेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update