नेपाल न्युज प्वाइन्ट डटकम
१७ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले १७ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत १७ सहसचिवको सरुवा गरेको हो ।

जसअनुसार अर्थ मन्त्रालयसहित विभिन्न मन्त्रालयका सहसचिवको सरुवा गरिएको छ । प्राविधिक मन्त्रालय तथा सेवाका सहसचिवको पनि सरुवा भएको छ ।

सहसचिवको सरुवा गर्दा सरकारले अर्थ मन्त्रालयअन्तर्गतका दुई ठूला विभागका महानिर्देशक पनि हेरफेर गरेको छ । जसमा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update