नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

काठमाडौं : राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

निमोनिया रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए ।

पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update