नेपाल न्युज प्वाइन्ट डटकम
दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं : काठमाडौंको दक्षिणकालीमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update