नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेका छन् । साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

नेताहरुका अनुसार बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

तर राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन । 

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले कांग्रेस-एमाले गठबन्धन सरकारलाई सहजिकरण गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update