नेपाल न्युज प्वाइन्ट डटकम
खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका ३ वटा कोठामा क्षति

काठमाडौं : सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका ३ वटा कोठामा क्षति भएको छ । प्रहरीका अनुसार ३ वटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको बताइएको छ ।

चौथो तलामा खानेपानी मन्त्रीको कार्यकक्ष समेत थियो । अरु कुन–कुन कार्यकक्ष थियो भन्ने खुलेको छैन । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए । आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागीबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update