नेपाल न्युज प्वाइन्ट डटकम
कमलपोखरीको शानदार म:म ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते

काठमाडौं : कमलपोखरीस्थित शानदार म:म पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । 

घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update