नेपाल न्युज प्वाइन्ट डटकम
बहस नसकिएपछि रविलाई न्यायिक हिरासत पठाइयाे

काठमाडौं : चितवनको साहारा सहकारी ठगीको अभियोगमा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाएर पठाउने आदेश दिएको हो ।

उनलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ । चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोग दर्ता भएको थियो ।

अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए । चितवनमा रविलाई साहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update