नेपाल न्युज प्वाइन्ट डटकम
बागमतीमा ४ वटा ऐन संशोधन गरिँदै

हेटौंडा : बागमती प्रदेशसभामा विभिन्न ४ वटा ऐन संशोधनका लागि टेबल गरिएको छ ।

सभामुख भुवनकुमार पाठकका अनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६, प्रदेश खेलकुद विकास ऐन २०७५, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ संशोधनका लागि बुधबार प्रदेशसभाको बैठकमा टेबल गरिएको हो ।

बैठकमा श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबल गरेका थिए ।

उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सदनमा टेबल गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update