नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

काठमाडौं : चितवनको सहारा बहुउद्देश्य सहकारीको रकम अपचलन गरेको आरोपमा रवि लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको छ । चितवन जिल्ला अदालतमा मंगलबार पूरक मुद्दा दर्ता गरिएको हो ।

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । 

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update