नेपाल न्युज प्वाइन्ट डटकम
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

काठमाडौं : जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । सहकारीको बचत अपचलन आरोपमा आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।

यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update