नेपाल न्युज प्वाइन्ट डटकम
ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर–७ मा सुमो दुर्घटना भएको छ । ना. १ ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

सुमो खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका घर भएका मायादेवी गुरुङ सहित ३ जना छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update