नेपाल न्युज प्वाइन्ट डटकम
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित

काठमाडौं : नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यका र विश्वविद्यालय प्रदेशको जारी मतगणनामा अध्यक्षको गणना सकिँदा उनी ७३ मतले विजयी भएका हुन् ।  

यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए । उनले ५९६ मत प्राप्त गरेका थिए । मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन् । उनले उपत्यका विशेष प्रदेशबाट १०० मत ल्याए भने विश्वविद्यालयबाट ८७ मत पाएका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याएका थिए । महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन् ।

महतोले उपत्यकाबाट ४७ र विश्वविद्यालयबाट ६८ मत पाए । उपत्यकामा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update