नेपाल न्युज प्वाइन्ट डटकम
अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् ।

उनी ५९६ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले भने ४०५ मत पाएका छन् । थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।

महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिवको जिम्मेवारीमा थिए । त्यस अघि उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापति थिए । थापामगर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् । उपमहासचिव शर्मा अर्थमन्त्री रहदाँ उनी सचिवालयमा बसेर काम गरेका थिए ।

थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन् । महासचिवमा थापामगर सँगै तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का, संजयकुमार महतो र सञ्जिव फुयाल प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update