नेपाल न्युज प्वाइन्ट डटकम
कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् । 

सोमबार धरौटी रकम उच्च भएको र साधारण तारेखमा नै छोड्नुपर्ने मागसहित उनी उच्च अदालत पुगेका हुन् । उनले दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भइसकेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार उच्च अदालतमा पुनरावलोकन माग गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update