नेपाल न्युज प्वाइन्ट डटकम
संसदको हिउँदे अधिवेशन : पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं : आगामी शुक्रबारबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो दिन संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

पहिलो दिनको बैठकलाई प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने तय भएको छ । 

बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आजै सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । 

सभामुख घिमिरेले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update