नेपाल न्युज प्वाइन्ट डटकम
बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर

काठमाडौं : जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ ।

आफैंले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेकोमा जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गरेको हो ।

सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ ।

राईले आफ्नो फाउन्डेसनमा लामो समयसम्म बालबालिकामाथि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update