नेपाल न्युज प्वाइन्ट डटकम
बाख्रा चराउन गएका दुई किशोरी मृत फेला

काठमाडौं : अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिएका छन् । ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएका हुन् ।

शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको  जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ। दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएका छन् । 

उनीहरू कमलबजार नगरपालिका-१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा कक्षा आठमा अध्ययनरत थिए ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update