१८ जना एसएसपीको सरूवा (सूचीसहित)

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरूवा गरेको छ ।
शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट १८ जना एसएसपीहरूको सरूवा गरिएको हो ।
एसएसपीहरूको सरुवासँगै काठमाडौं प्रहरी प्रमुख फेरिने भएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिपक व्यवस्थापन महाशाखा नक्साल सरूवा गरिएको छ ।
उनको ठाउँमा बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडामा कार्यरत एसएसपी विश्व अधिकारीलाई ल्याइएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १५:३८
प्रतिक्रिया दिनुहोस्