नेपाल न्युज प्वाइन्ट डटकम
रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार उपस्थित हुनेगरी छाडियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा थुनछेक बहस शुक्रबार पनि सकिएन । जिल्ला अदालत रुपन्देहीमा बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् ।

आज जाहेरीकर्ताको तर्फबाट तीन जना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरेका थिए । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरे ।

प्रतिवादी तर्फबाटका वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्ने जिकिर गरेका थिए । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दा परेपछि लामिछाने आफैँ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update