नेपाल न्युज प्वाइन्ट डटकम
धरानका मेयर हर्क साम्पाङ पुगे खानेपानी मन्त्रालय, गाग्री प्रहरीले खोस्यो

काठमाडौं : रित्तो गाग्री लिएर सिंहदरबार छिरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।

आज बिहान १० बजे सिंहदरबार जाने भनेपछि सिंहरदबार परिसरमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी तैनाथ गरिकएको थियो ।

प्रहरीले गाग्री खोसेपछि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीबिनै पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update