नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार  दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update