नेपाल न्युज प्वाइन्ट डटकम
माघ १८ मा संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : मन्त्रिपरिषदको बैठकले संसदको हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे सोमबारै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । सरकारले अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै सरकारको आलोचना गरिरहेका बेला सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update