नेपाल न्युज प्वाइन्ट डटकम
रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे हर्क साम्पाङ

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् ।

केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि काठमाडौँ आएको बताए ।

उनले हिजो समर्थकहरूलाई भानु चोकमा भेला पारेर सरकारले जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै आफू थोत्रे गाग्री बोकेर काठमाडौँ जान लागेको बताएका थिए ।

साम्पाङले भोलि खाली गाग्रीसहित सिंहदरबार छिरेर खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताए ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update