पोखरामा आज पनि रास्वपाको विरोध प्रदर्शन

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा आज पनि पोखरामा प्रदर्शन भएको छ ।
पृथ्वीचोकमा रास्वपाका नेता कार्यकर्ताले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेका हुन् ।
आइतबार पनि उनीहरुले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा अश्रुग्याँस हानेको थियो ।
सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेलाई शुक्रबार पक्राउ गरेको थियो । लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिएको थियो । अदालतले लामिछानेमाथि छानबिन गर्न ६ दिनको म्याद थप गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१ १३:१५
प्रतिक्रिया दिनुहोस्