नेपाल न्युज प्वाइन्ट डटकम
पाेखरामा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधाज्ञा तोडेर प्रदर्शन गरेकाे छ ।

कास्की जिल्ला अदालत, शहीद चोक आसपासका क्षेत्रमा प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपाका कार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको छ ।

धकेलाधकेल हुँदा पनि उनीहरुले रास्वापाका सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा शहीद चोकमा नाराबाजी गरिरहेका छन् । अहिले त्यहाँ ठूलाे मात्रामा प्रहरी परिचालन गरिएकाे छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update