नेपाल न्युज प्वाइन्ट डटकम
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौं : प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानेछन् । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update