नेपाल न्युज प्वाइन्ट डटकम
यो सरकारले भात खान्छ, घुस खाँदैन, फलानोलाई नसमाऊ भनेर आदेश दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवनको उद्घाटन गरेका छन् । सोमवार बिहान आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले नयाँ भवनको उद्घाटन गरेका हुन् ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिँदै आएको थियो । 

उद्घाटन क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन ।’

उनले कसैलाई निर्दोषितमा दोषी करार गर्ने प्रयास हुन नहुने बताउदै भने, ‘तपाईंहरु ढुक्कले काम गर्नुस्, यो सरकारले भात-रोटी खान्छ, घुस, पैसा खाँदैन ।’ प्रधानमन्त्री ओलीले प्रहरीलाई काम गर्न पूर्णस्वन्त्रता रहेको समेत बताए । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update