टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं : सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।
पछिल्लाे समय टिकटकले नेपालकाे कानून मान्ने भन्दै प्रतिबद्धता जनाएपछि सरकार टिकटककाे प्रतिबन्ध हटाउने निर्णयमा पुगेकाे हाे ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्