नेपाल न्युज प्वाइन्ट डटकम
सीआईबी प्रमुखमा दीपक थापा, श्यामलाल ज्ञवालीको सरुवा

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सीआईबीबाट सरुवा गर्ने निर्णय गरेको हो । उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

गत चैतमा एआईजी किरण बज्राचार्यलाई हटाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेले ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएका थिए ।

यस्तै बैठकले सीआईबीमा दीपक थापा, उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update