नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ६५० निर्धारण  भएको छ ।

गत शुक्रबार  छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र चाँदी रु तीन हजार ८२५ मा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update