नेपाल न्युज प्वाइन्ट डटकम
२२ उपसचिवको सरुवा तथा पदस्थापन, १४ अधिकृतको पनि सरुवा

काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्रालयले उपसचिवस्तरका २२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले गत असोज ८ गतेको निर्णयअनुसार सरुवा तथा पदस्थापन गरे पनि सो सूची आज मात्र सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार सरुवा तथा पदस्थापनमार्फत विभिन्न निकाय, राष्ट्रिय निकुञ्ज तथा विभागमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ।

निर्णयअनुसार हरिभद्र आचार्यलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पदस्थापन गरिएको छ। यस्तै, विभागबाट मनोजकुमार ठाकुरलाई बर्दिया राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृतको रूपमा खटाइएको छ।

त्यस्तै डा. गणेश पन्तलाई पुनः विभागमै पदस्थापन गरिएको छ भने श्यामकुमार साहलाई लाङटाङ राष्ट्रिय निकुञ्जबाट विभागमा सरुवा गरिएको छ। ढोरपाटन राष्ट्रिय निकुञ्जमा कार्यरत अणनाथ बराललाई शिवपुरी राष्ट्रिय निकुञ्जमा पठाइएको छ।

यसैगरी डिलबहादुर पुर्जा पुनलाई चितवन राष्ट्रिय निकुञ्जमा खटाइएको छ भने सगरमाथा राष्ट्रिय निकुञ्जमा कार्यरत सुष्मा रानालाई विभागमा ल्याइएको छ। शिवपुरीमा कार्यरत विष्णुकुमार श्रेष्ठलाई लाङटाङ राष्ट्रिय निकुञ्जमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा १४ जना अधिकृत कर्मचारीको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको छ।

मन्त्रालयले असोज १४ गते गरेको निर्णयअनुसार सात जना प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना शाखा अधिकृतलाई विभिन्न स्थानीय तह, मन्त्रालय, विभाग तथा सरकारी कार्यालयमा नयाँ जिम्मेवारी दिइएको हो।

निर्णयअनुसार केही कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ भने अन्यलाई आवश्यकता अनुसार विभिन्न निकायमा सरुवा तथा कामकाजका लागि पठाइएको छ।

मन्त्रालयका अनुसार सरुवा तथा खटाइएका सबै कर्मचारीले सम्बन्धित कार्यालयमा तत्काल हाजिर भई तोकिएको जिम्मेवारी सम्हाल्नुपर्नेछ।

Screenshot-2026-09-30-203026-1790779554.jpg
 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update